निर्वाचन भएको ९ महिनापछि संसदीय समितिमा सभापति छनोट प्रक्रिया सुरु

आज समिति सभापतिको उम्मेदवारी मनोनयन

हिमाल प्रेस १० भदौ २०८० ७:१६
6
SHARES
निर्वाचन भएको ९ महिनापछि संसदीय समितिमा सभापति छनोट प्रक्रिया सुरु

काठमाडौँ- ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुसार निर्वाचन प्रक्रिया अघि बढेको हो।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज (आइतबार) बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्‍मप्रसाद पाण्डेयले जानकारी दिए। हाल समितिमा रहेका ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ।

प्रकाशित: १० भदौ २०८० ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =