रास्वपाको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस ८ भदौ २०८० ८:१८
4
SHARES
रास्वपाको संसदीय दलको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।

आज साँझ ५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको सचेतक निशा डांगीले जानकारी दिइन्।

उनका अनुसार बैठकमा विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्वका प्रस्तावहरू र पार्टीको आगामी संसदीय अभ्यासलगायत विविध विषयमा छलफल हुने छ ।

प्रकाशित: ८ भदौ २०८० ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =