वायुप्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्‍याे माइतीघरमा प्रदर्शन

हिमाल प्रेस २२ वैशाख २०८१ १५:२८
58
SHARES
वायुप्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्‍याे माइतीघरमा प्रदर्शन

काठमाडाैँ- देशभर बढेको वायुप्रदूषण नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेपाल समाजवादी पार्टी (नेसपा) ले माइतीघर मण्डलामा शनिबार प्रदर्शन गरेको छ।

केही दिनयता काठमाडौँलगायत देशभर वायुप्रदूषण बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेसपाले प्रदर्शन गरेकाे हाे।

बढ्दो वायुप्रदूषणले मानव स्वास्थ्यमा ल्याएको स्वास्थ्य जटिलता, देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको प्रदर्शनमा सहभागीहरूको भनाइ छ।

पर्यावरणीय संकटबारे सरकारको एकदम कमजोर जवाफदेहिता र बेलैमा रोकथामको निम्ति लिनुपर्ने पहलहरूमा बेवास्ताप्रति खबरदारी गर्न प्रदर्शन गरिएको नेपाल समाजवादी पार्टीका नेता मानुषी यमि भट्टराईले बताइन्।

स्वच्छ वातावरणको संवैधानिक मौलिक हक सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।

प्रदर्शनमा सहभागीहरूले नेता बस्छन् एसीमा, जनता धुलो धुवाँमा, हाम्रो जंगलमा डढेलो हेर्दा  कहाली लाग्छ, यस्तो अवस्थामा सरकार तिम्लाई निन्द्रा लाग्छ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित: २२ वैशाख २०८१ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =