संसद् नचल्नुमा सरकार र प्रतिपक्षी दुवै दोषी छन् : शेखर कोइराला

हिमाल प्रेस ३ भदौ २०८० १७:१६
14
SHARES
संसद् नचल्नुमा सरकार र प्रतिपक्षी दुवै दोषी छन् : शेखर कोइराला फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्। आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जिज्ञासाको जवाफ दिने क्रममा उनले संसद् तत्काल सुचारु गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रहसमेत गरे।

देश र जनताको कुरा भएकाले संसद् बैठक छिटोभन्दा छिटो सुचारु गराइनुपर्ने नेता कोइरालाको भनाइ थियो। ‘संसद् छिटोभन्दा छिटो चल्नुपर्छ। अब पर्सी बैठक बोलाइएको छ। हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन। यो नेशनको कुरा हो। देशको कुरा हो। राष्ट्रको कुरा हो। संसद् चल्नुपर्छ’ कोइरालाले भने, ‘म एउटा सांसद हो नेपाली कांग्रेसको। हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ। उहाँहरूले कोअर्डिनेट गर्ने कुरा हो। सरकारले कोअर्डिनेट गर्ने कुरा हो। हामीहरू त आउँछौँ। संसद् चलाउनुपर्‍यो।’

उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद् बैठक भने सुचारु गराउनुपर्ने बताए।

‘यो दुनियाँको नियम हो, संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने। अनि, सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन भन्ने’ कोइरालाले भने, ‘तर म के भन्दैछु भने–हामी दुइटै दोषी हौँ। यो सरकारले गर्ने काम हो। प्रतिपक्षले गर्ने काम हो। यो नेपाली कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नि। ’

प्रकाशित: ३ भदौ २०८० १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =