कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्छ : डा. शेखर कोइराला

हिमाल प्रेस २८ चैत २०८० २०:१२
44
SHARES
कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्छ : डा. शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले अहिलेको समस्याको जड निर्वाचन प्रणालीले निम्त्याएको सरकार गठन र विघटन भएको बताउँदै संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने बताएका छन्। लुम्बिनीमा आयोजित एक कार्यक्रममा उनले संविधान संशोधन मार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याएका हुन्। ‘कति सधैँ सरकार गठन र विघटनमा मात्रै लागिरहने? जनताका काम कहिले गर्ने? विकास कहिले गर्ने?,’ कोइरालाले प्रश्न गरे।

‘संविधानसभाको पहिलो निर्वाचनबाट कम्युनिष्टहरू पटक-पटक सत्तामा पुगे पनि संविधान बनाउन सकेनन्। जब दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सरकार बन्यो अनि मात्रै संविधान जारी भयो। परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्न पर्‍यो,’ कोइरालाले भने, ‘त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ।’

कोइरालाले राजनीतिक स्थिरता, सुशासन र विकास आफ्नो मूल एजेन्डा भएको र त्यसमा आफू पूर्णरूपले प्रतिबद्ध रहेको पनि बताए। कोइरालाले पार्टीभित्रको तिक्तता र मनमुटाव बिर्सेर संगठनमा लाग्न र एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न देशभरका कार्यकर्तालाई आग्रह समेत गरे।

प्रकाशित: २८ चैत २०८० २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =