नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प छैन : डा‌. शेखर कोइराला

हिमाल प्रेस १ वैशाख २०८१ ८:५७
44
SHARES
नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प छैन : डा‌. शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प नभएको बताएका छन्।

नयाँ वर्ष २०८१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एक पटक आफू र आफ्नो दलभन्दा देश र जनतामाथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउने बताएका हुन्।

युवाको आन्तरिक र अन्तराष्ट्रिय पलायन उच्च रहेकाले भन्दै सबै गम्भीर हुने बेला भएको उनको भनाइ छ।

‘नेपाल युवाहरूको देश भनेर चिनिन्छ। तर युवाको आन्तरिक र अन्तराष्ट्रिय पलायन भने उच्च रहेकाले गम्भीर हुने बेला भएको छ,’ उनले भनेका छन्, ‘सबैको प्रयासबाट तिनको ऊर्जा देशभित्र नै उत्पादनशील क्षेत्रमा लगाउन अब ढिलो गर्नु हुन्न। जनसांख्यिक लाभलाई उत्पादनमा जोड्ने ध्येय र हुटहुटी नभएसम्म नव नेपालको निर्माण सम्भव छैन।’

आज लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि भइरहेको चौतर्फी आक्रमणलाई निस्तेज पार्ने काम दलहरूले मात्रै गर्न सक्ने उनले बताएका छन्।

दलहरूमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले नराम्ररी जनताको कठघरामा उभ्याएको उनको भनाइ छ।

उनले सत्तरीको दशकमा केही महत्वपूर्ण उपलब्धिसमेत हासिल भएको उल्लेख गरेका छन्।

प्रकाशित: १ वैशाख २०८१ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =