यूएईले न्युजिल्याण्डलाई ७ विकेटले हरायो

हिमाल प्रेस ३ भदौ २०८० ८:११
10
SHARES
यूएईले न्युजिल्याण्डलाई ७ विकेटले हरायो

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई)मा यूएई र न्युजिल्याण्डबीच जारी टी–२० श्रृंखलामा यूएईले न्युजिल्याण्डलाई ७ विकेटले हराएको छ। यूएईको दुबई इन्टरनेसनल स्टेडियममा शनिबार राति भएको खेलमा यूएईले न्युजिल्याण्डलाई ७ विकेटले हराएको हो।

एसोसिएट टिम यूएईको तुलनामा टेस्ट मान्यता प्राप्त टिम न्युजिल्याण्ड बलियो मानिन्छ। शनिबार भएको खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेटको क्षतिमा १४२ रन बनाएको थियो।

जवाफमा ब्याटिङ गरेको यूएईले १५.४ ओभरमा ३ विकेटको क्षतिमा १४४ बनाउँदै खेल जितेको हो। उक्त जिसँगै तीन खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ। यसअघि पहिलो खेल न्युजिल्याण्डले १९ रनले जितेको थियो।

प्रकाशित: ३ भदौ २०८० ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =