अन्तर्राष्ट्रिय बुद्धिस्ट फोरममा लुम्बिनीको प्रस्तुति

हिमाल प्रेस २ भदौ २०८० १७:३१
24
SHARES
अन्तर्राष्ट्रिय बुद्धिस्ट फोरममा लुम्बिनीको प्रस्तुति

लुम्बिनी- रुसको बुर्यातिया राज्यमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बुद्धजन्मस्थल लुम्बिनीका विषयमा चर्चा भएको छ। बुर्यातिया राज्यको उलान उडेमा भन्ने ठाउँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनी विकास कोषका तर्फबाट सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका हुन्। बुर्यातियामा बौद्ध धर्म मान्नेको संख्या धेरै छ।

उक्त अवसरमा सदस्यसचिव शाक्यले लुम्बिनीमा भएका गतिविधिबारे जानकारी दिएका थिए। कपिलवस्तुलाई प्राचीन शाक्य राजधानीका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रयास भइरहेको पनि उनले बताए। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सदस्यसचिव शाक्यको प्रस्तुतिले बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

सम्मेलनमा लुम्बिनी विश्वविद्यालयका डिन माणिकरत्न शाक्य, भिक्षु निग्रोध र मुकुन्द विष्टले परम्परागत बुद्ध धर्म र चुनौतीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। अगस्ट १७ देखि १९ सम्म सञ्चालन भएको उक्त सम्मेलनमा रुसका विभिन्न राज्यका प्रतिनिधिहरू, भारत, श्रीलंका, मंंगोलिया, म्यान्मार, थाइल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, चीन र नेपालका प्रतिनिधि सहभागी  थिए।

सोही अवसरमा बुरियात राज्यका गभर्नर (हेड अफ स्टेट) एएस सेइडोनोभको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलसँग छुट्टै भेटघाट गरी लुम्बिनी र नेपाल रसियाको बौद्ध धर्ममार्फत सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरेका छन्। सो अवसरमा सदस्यसचिवले लुम्बिनीका तर्फबाट सिद्धार्थ गौतमको मूर्ति तथा लुम्बिनी चिनाउने किताब उपहार प्रदान गरे। बुरियाट

यस्तै रुसको अर्को बौद्ध राज्य काल्मिकियाका गभर्नर बिएस खासिकोभसँग पनि छुट्टै भेटघाट भएको र भेटमा लुम्बिनी भ्रमणको निमन्त्रणा दिइएको सदस्यसचिव शाक्यले बताए।

गभर्नर खासिकोभले आफू बौद्ध भएको र लुम्विनीमा दर्शन गर्न आउने इच्छा प्रकट गर्दै अर्को सम्मेलन क्याल्मिकियामा गर्ने बताए। बुर्यातियाको  डास्टनमा रहेको पवित्र गुम्बाका प्रमुख खाम्बो लामासँग पनि भेटघाट तथा लुम्बिनीको चिनो हस्तान्तरण गरिएको छ।

कार्यक्रम स्थलको नगरपालिका उलान उडेका मेयर इगर युरेरिच सुटेन्को नेपालतर्फबाट प्रतिनिधि मण्डलमा सदस्यसचिव सानुराजा शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन माणिकरत्न शाक्य, बौद्धदर्शन तथा गुम्बा व्यवस्था समितिका अध्यक्ष जिगडोल लामा, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध,रुस निवासी एनआरएन दिनानाथ राजभण्डारी, ललितपुर महानगरपालिकाका मुकुन्द विष्ट रहेका छन्।

प्रकाशित: २ भदौ २०८० १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =