प्रहरीको सरुवा मापदण्ड : श्रीमान्-श्रीमती नै प्रहरी भए कसरी दरबन्दी एकै ठाउँमा मिलाउने?

हिमाल प्रेस ३२ साउन २०८० १६:३३
2.5k
SHARES
प्रहरीको सरुवा मापदण्ड : श्रीमान्-श्रीमती नै प्रहरी भए कसरी दरबन्दी एकै ठाउँमा मिलाउने?

काठमाडौँ- नेपाल प्रहरीको कर्मचारी सरुवासम्बन्धी मापदण्ड-२०८० जारी भएको छ। उक्त मापदण्डअनुसार कस्ता प्रहरीले कुन ठाउँमा कति समय काम गर्ने, सरुवा प्रक्रिया के भन्ने स्पष्ट उल्लेख गरिएको छ। प्रहरीको सरुवा, बढुवासम्बन्धी मापदण्ड २०७९ लाई संशोधन भएसँगै श्रीमान्-श्रीमती दुवै प्रहरी कर्मचारी हुँदा उनीहरूको सरुवा एकै ठाउँ कसरी गर्ने भन्ने उल्लेख गरिएको छ।

मापदण्डको २४ नम्बरमा श्रीमान्-श्रीमती नै प्रहरी कर्मचारी भएमा केके व्यवस्था भन्ने उल्लेख छ।

श्रीमान्-श्रीमती नै प्रहरी कर्मचारी भएमा कसरी सरुवा मिलाउने?

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा अभिलेखीकरण भए मुताविक श्रीमान्-श्रीमती रहेका प्रहरी कर्मचारीको प्राथमिकतामा एकै कार्यालय वा नजिकको कार्यालयमा सरुवा गरिनेछ

– श्रीमान्-श्रीमती नै प्रहरी कर्मचारी भई सँगै बस्न अनुकूल हुने किसिमले सरुवा जान इच्छुक भएमा सरुवा मापदण्डको अधिनभित्र रही त्यस्ता प्रहरी कर्मचारीको दम्पती मिलान हुने गरी सरुवा गरिनेछ

– श्रीमान्-श्रीमतीको रुपमा दरबन्दी मिलान गर्न चाहने प्रहरी कर्मचारीले प्रहरी नियमावली २०७१ (संशोधनसहित)को अनुसूची १३ अनुसारको सरुवा फाराम भरी विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपीसहित सम्बन्धित कार्यालयको सिफारिस साथ नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा अनिवार्य रुपमा पठाउनु पर्नेछ। यसरी प्राप्त निवेदनको आधारमा सरुवा मापदण्डको अधिनभित्र रही श्रीमान् वा श्रीमतीमध्ये सरुवा अवधि पुगेको प्रहरी कर्मचारीको सरुवा अवधि कम भएको कर्मचारीको आसपासको दरबन्दीमा अनुकूल हुने गरी सरुवा मिलान गरिनेछ। प्रदेशभित्रको हकमा प्रदेश प्रहरी कार्यालयले सरुवा मिलान गर्नेछ

– श्रीमान्-श्रीमतीको सुविधाबापत सरुवा गर्दा एक दर्जामा एकपटक र सेवा अवधिमा २ पटकसम्म प्राप्त हुनेछ

– श्रीमान्-श्रीमतीको सरुवा मिलान गर्दा सरुवा क्यालेन्डरबमोजिम गरिनेछ

यो पनि 

यस्तो छ नेपाल प्रहरीको सरुवासम्बन्धी मापदण्ड [पूर्ण पाठसहित]

प्रकाशित: ३२ साउन २०८० १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =