यस्तो छ नेपाल प्रहरीको सरुवासम्बन्धी मापदण्ड [पूर्ण पाठसहित]

हिमाल प्रेस ३२ साउन २०८० १६:०४
1.4k
SHARES
यस्तो छ नेपाल प्रहरीको सरुवासम्बन्धी मापदण्ड [पूर्ण पाठसहित]

काठमाडौँ-  प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ संशोधन गरिएको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको संयुक्त प्रयासमा सरुवाको मापदण्ड संशोधन गर्दै केही विषयहरू हेरफेर गरिएको छ। हरेक दर्जाको सरुवा बढुवादेखि कार्यसम्पादनलगायतका विषय मापदण्डमा उल्लेख गरिएको छ।

नयाँ मापदण्ड अनुसार प्रहरी युनिटहरुलाई ‘क’, ‘ख’ र ‘ग’ मा वर्गीकरण गरिएको छ। क श्रेणीमा पोस्टिङ हुनुअघि कहाँ कहाँ काम गर्ने, इन्चार्ज भइसकेपछि फेरि त्यहीँ इन्चार्ज हुन नपाइने, कुन पदको कर्मचारी कति समयसम्म तोकिएको स्थानमा बस्न सक्नेलगायतको विषय मापदण्डभित्र समेटिएको छ।

जवानदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीको सरुवा बढुवाको मापदण्ड यसमा समावेश छ। प्रहरीको विशेष ब्युरोहरूमा सरुवा भएर जानका लागि पनि मापदण्ड तयार पारिएको छ।

त्यस्तै ट्राफिक प्रहरीको हकमा उसले तालिम लिइसकेपछि प्राथमिकताको आधारमा विभिन्न ट्राफिक प्रहरी कार्यालयमा पोस्टिङ गरिने उल्लेख छ।

लेखा अधिकृत तथा लेखापाल/ सहायक लेखापालको हकमा भने आर्थिक प्रशासनसम्बन्धित तालिम गरेका प्रहरी कर्मचारीले मात्र यसको जिम्मा पाउनेलगायतको मापदण्ड बनाइएको छ।

नेपाल प्रहरीका महिला कर्मचारीलाे बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा अनिवार्य काम गर्नुपर्ने भएको छ। प्रहरीको सरुवा, बढुवासम्बन्धी मापदण्ड २०७९ लाई संशोधन गर्दै यस्तो बाध्यकारी मापदण्ड बनाइएको हो।

प्रहरीको बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा महिला प्रहरी कर्मचारीले कम्तिमा ३ वर्ष काम गर्नुपर्ने, प्रहरी तालिम केन्द्र, विद्यालय बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहमा कम्तिमा एकजना अधिकृतस्तरको महिला प्रहरी कर्मचारीलाई अनिवार्य रुपमा खटाइने पनि मापदण्डमा उल्लेख गरिएको छ।

त्यसैगरी महिला प्रहरी कर्मचारीलाई भौगोलिक आधारमा हिमाल, पहाड, तराई र सुविधाको हिसाबले दुर्गम र सुगम गरी चौकी स्तरसम्म महिला प्रहरी कर्मचारीको उपलब्धता सुनिश्चित हुने गरी सरुवा गरिने पनि मापदण्डमा उल्लेख गरिएको छ।

त्यस्तै अब विशिष्ट व्यक्तिको सुरक्षामा खटिने पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) आफ्नो सेवा अवधिभर जम्मा ५ वर्षसम्म मात्रै बस्न पाउने छन्। यसअघि कुनै मन्त्री तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा बस्दै खटिएका पीएसओहरू लामो समयसम्म बस्दै आएकोमा अब सेवा अवधिभर जम्माजम्मी ५ वर्षसम्म मात्रै बस्न पाउने व्यवस्था बनाइएको छ।

त्यसैगरी एक पटक पीएसओ खटाइएकोमा त्यस अवधिमा जम्मा ३ वर्षसम्म मात्रै बस्न पाउने र सम्पूर्ण सेवा अवधिभर भने जम्मा ५ वर्षसम्म मात्रै बस्न पाउने गरी सरुवाको मापदण्ड बनाइएको छ।

त्यसैगरी ४० वर्ष उमेर कटेका सुरक्षाकर्मीहरूलाई पीएसओको रुपमा नखटाउने पनि मापदण्डमा उल्लेख गरिएको छ। प्रशिक्षणको विषयमा पनि यसअघिको बुँदाहरू संशोधन गरिएको छ।

यस्तो छ पूर्णपाठ

प्रकाशित: ३२ साउन २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =