चितवनको टिकौलीमा ८ सवारी साधन ठोक्किए, २० जना घाइते

हिमाल प्रेस ३१ साउन २०८० १४:२०
52
SHARES
चितवनको टिकौलीमा ८ सवारी साधन ठोक्किए, २० जना घाइते

काठमाडौँ– चितवनको टिकौली जंगलमा सवारी दुर्घटना भएको छ। पूर्व-पश्चिम राजमार्गस्थित टिकौली जंगलमा ८ वटा सवारी साधन ठोक्किँदा २० जना घाइते भएका छन्। भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन जिप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो।

नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशाबाट शव बोकेर देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको को जिप, बा.प्र.०६-००१प ९९८१, बा.प्र.०३-००५ प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७ नम्बरका मोटरसाइकल, बा.प्र.०६-००१प २२९४ र ब.प्र.०३-००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते सबैको भरतपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

अन्य घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा चितवनको खैरहनी–४ का कृष्णबहादुर तामाङ, खैरहनी–१का जितबहादुर तामाङ, रत्ननगर-१४ का कुसुमबहादुर राना, रत्ननगर-१४ का सुरेश श्रेष्ठ, रत्ननगर-९ का किशोर तामाङ, रत्ननगर-१४ का डोलबहादुर कार्की र मकवानपुर हेटौंडा-१४ का महोन तामाङ गम्भीर घाइते छन्।

रत्ननगर-१४ का पुर लामा, रत्ननगर-१४ कै बुद्रिराम तामाङ, रत्ननगर-१६ का रेशम पोखरेल, रत्ननगर-१६ दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्णेश्वर-४ की तारा श्रेष्ठको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

शव बोकेको जिपमा सवार नवलपुरको गैंडाकोट-८ का लोकराज लामालाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइएको छ। बा.प्र.०३-००६ प ९९८१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर-१४ बस्ने ३३ वर्षका शंकर परियार, सोही मोटरसाइकलमा पछाडि बसेका रत्ननगर-१४ कै दिवेश शाक्य, बोलेरो गाडीमा सवार रत्ननगर-१४ का आइतराम कामी, २६ वर्षका पुष्प तामाङ, ३८ वर्षका कृष्ण लामा, रत्ननगर-३ का गोपाल तामाङ र जीवन लामाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

बसका चालक नवलपुरको गैंडाकोट-९ बस्ने २६ वर्षीय आशिष परियार प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित: ३१ साउन २०८० १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =