पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य १४ रुपैयाँ बढ्यो

हिमाल प्रेस ३० साउन २०८० २१:१७
30
SHARES
पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य १४ रुपैयाँ बढ्यो

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको हो।

नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ। यसअघि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ प्रतिलिटर रहेको थियो।

निगमले पछिल्लो समय निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ। इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट आउने प्रत्येक १५ दिनको मूल्यअनुसार नेपालमा पनि मूल्य घटबढ गर्दै आएको छ। मंगलबार आएको नयाँ मूल्य सूचीअनुसार आईओसीबाट मूल्य बढेर आएको भन्दै निगमले मंगलबार मूल्य बढाएको हो।

निगमका अनुसार आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको छ।

प्रकाशित: ३० साउन २०८० २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =