आयल निगम १४ अर्ब ऋणमा

हिमाल प्रेस २० चैत २०७९ २१:२०
4
SHARES
आयल निगम १४ अर्ब ऋणमा

काठमाडौँ- नेपाल आयल निगमले १४ अर्ब रुपैयाँ ऋणमा रहेको जानकारी दिएको छ। सोमबार इन्धनको मूल्य समायोजन गर्न जारी गरिएको विज्ञप्तिमार्फत निगमले उक्त जानकारी गराएको हो।

इन्डियन आयल कर्पोरेसन (आईओसी) र नेपाल सरकार (अर्थ मन्त्रालय)बाट लिएको ऋणको किस्ताबापत तिर्नुपर्ने १४ अर्ब रुपैयाँ दायित्व रहेको निगमले जानकारी गराएको हो।

पछिल्लो समय १ अप्रिलमा आईओसीबाट मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रकाशित: २० चैत २०७९ २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =