पेट्रोलियम पदार्थको मूल्य घट्यो

हिमाल प्रेस २० चैत २०७९ १९:५२
2
SHARE
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो।

नयाँ कायम मूल्यसूची अनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। उनका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

प्रकाशित: २० चैत २०७९ १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =