सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सरकार दृढ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस २९ साउन २०८० १८:३६
8
SHARES
सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सरकार दृढ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको उद्देश्यमा अगाडि बढिरहेको बताएका छन्।

गृह मन्त्रालय र मातहतका  निकायहरूको आव २०७९/८० को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले सरकारकाे लक्ष्य निश्चित रहेकाे बताएका हुन्। ‘गुणात्मक आर्थिक सामाजिक समृद्धिका लागि सुशासन पहिलो शर्त हो,’ बैठकमा गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसैले भ्रष्टाचार, अराजकता, दण्डहीनता र ठगीजस्ता अपराधको नियन्त्रण अहिलेको मुख्य प्राथमिकता हो।’

गृह मन्त्रालय र प्रहरी, अध्यागमन, विपद् जोखिम, परिचयपत्र पञ्जीकरणलगायत मातहतका सबै निकायहरूको कामकाे निरन्तर समीक्षासहित अझ व्यवस्थित तथा मर्यादित बनाइने र समग्र सुधार योजना बनाएर अगाडि बढ्ने मन्त्री श्रेष्ठकाे भनाइ थियाे।

बैठकमा मन्त्रालय र मातहतका निकायका काम तथा योजनाहरू प्रस्तुतीकरणसहित त्यसबारे अन्तरक्रियात्मक समीक्षा गरिएको थियो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधि सहभागिता थियो।

प्रकाशित: २९ साउन २०८० १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =