सरकारले पारित गर्‍यो १६औं पञ्चवर्षीय योजना

हिमाल प्रेस १ जेठ २०८१ १३:१७
18
SHARES
सरकारले पारित गर्‍यो १६औं पञ्चवर्षीय योजना

काठमाडौँ- सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय गरेको बताइन्।

त्यस्तै, सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको बताइन्।

‘सम्माननीय राष्ट्रपतिज्युद्वारा संघीय संसदको संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो’ उनले भनिन्,’नीति तथा कार्यक्रम मन्त्रीपरिषद्को बैठकले पारित गरेको छ। आर्थिक वर्ष अगावै १६ औं पञ्चवर्षीय योजना जुन छ, राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय भयो।’

सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

प्रकाशित: १ जेठ २०८१ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seven =