प्रधानमन्त्री र गृहमन्त्रीको नियतमाथि प्रश्न उठ्यो : कमल थापा

हिमाल प्रेस २८ साउन २०८० १८:४२
52
SHARES
प्रधानमन्त्री र गृहमन्त्रीको नियतमाथि प्रश्न उठ्यो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुन तस्करीमा प्रधानमन्त्री र गृहमन्त्रीको नियतमाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन्। पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को जिम्मेवारी हस्तान्तरण कार्यक्रममा आइतबार बोल्दै उनले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराको संलग्नताबारे तथ्य सार्वजनिक हुँदासमेत छानबिनको घेरामा नआउनुले सरकारमाथि प्रश्न उठिरहेको बताएका हुन्।

उनले भ्रष्टाचार नियन्त्रणमा गृहमन्त्रीको प्रशंसा भइरहँदा यो प्रश्नको निराकरण आवश्यक भएको बताए। उनले पोखरा पृथ्वीचोकस्थित पृथ्वीनारायण शाहको सालिक हटाउनु गलत भएको भन्दै सचेत नागरिकहरूले राखेको राष्ट्रनिर्माताको तस्बिर हटाउनु अर्को गल्ती भएकोसमेत बताए।

उनले सम्बन्धित निकायले समन्वय गरी पृथ्वीचोकमा राष्ट्रनिर्माताको र उपयुक्त ठाउँमा सहिद लखन थापाको सालिक राख्ने व्यवस्था गर्नुपर्ने बताए। सो अवसरमा संगठनका अध्यक्ष हिक्मतजँग भण्डारीले टुकोनको बर्दिया जिल्ला संयोजकमा महेश थारू र निर्माण श्रमिक अध्यक्षमा काशी चौधरी मनोनयन भएको जानकारी दिए।

प्रकाशित: २८ साउन २०८० १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =