पत्रकार सम्मेलनमा ओली आक्रोश

प्रधानमन्त्री र गृहमन्त्री नालायक, भ्रष्टाचारी हो, राजीनामा नदिएर झण्डा हल्लाएर कसरी हिँड्न सकेको?

'सुनिल शर्मा कहाँ भाग्छ र अहिले नै समाउन पर्‍यो?'

केपी शर्मा ओली २८ साउन २०८० १४:०२
52
SHARES
प्रधानमन्त्री र गृहमन्त्री नालायक, भ्रष्टाचारी हो, राजीनामा नदिएर झण्डा हल्लाएर कसरी हिँड्न सकेको?

संसद् अवरोध हुनै हुँदैन गर्नै हुँदैन गर्ने परिस्थिति ल्याउनै हुँदैन। त्यसले देश र जनताको पक्षमा बोल्ने आवाज उठाउने, देशको हित, जनताको हितमा बोल्ने थलो हो। संसद् निदाएर सुतेर जस्तो भए पनि चल्नुपर्छ भन्ने होइन।

देश र जनताको पक्षमा बोलिएका कुरालाई सरकारले गम्भीरताका साथ लिनुपर्छ। अहिलेको संसद्को अवरोध हामीले गरेको होइन। हामी चलाउन खोजीरहेका छौँ। प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जर्‍याकजुरु उठेर उठ्ने बोल्न पनि नदिने। प्रतिपक्षी बोल्यो भने सुन तस्करीको सिलसिलेदार काण्ड बोल्छ भनेर।

देशमाथि, देशको अर्थतन्त्रमाथि, देशको सुशासनमाथि प्रहार भइरहेको छ। दिनमा सय किलो सुन एउटा नाकाबाट आइरहेको छ। पास भइरहेको छ फेला परेको छैन। एउटा खानतलासीमा सय किलो सुन निस्किएको छ। यो सामान्य कुरा हो?

एउटा नाकाको कुरा भयो। अरू नाकाको चेकजाँच नै छैन। राजस्व उठ्दैन किन भन्या त भन्सारबाट कारोबार नै हुँदैन। अन्त-अन्तबाट मात्रै हुने रहेछ त।

सरकारको संलग्नता छैन भने छानबिनले बताउँछ। सरकार किन पहिले नै तर्सिन्छ? छानबिन समिति भनेको आफ्ना मान्छे राखेर तमासा गर्न खोजेको कमेन्ट सुनियो। त्यस्तो भनेको हो र हामीले स्वतन्त्र निष्पक्ष छानबिन गरौँ भनेको हो नि।

एसपीको नेतृत्वमा छानबिन गराउनुहुन्छ एसएसपीले निर्देशन दिन्छ सकिन्छ। जे छोयो सुन भएको छ। भन्सारबाट जे आउँदा पनि सुन छ। ब्रेक सु छुँदा पनि सुन।

सबै देश रित्याउने देश सिध्याउने मामिला हो यो। यसबाट हामीले बचाउनै पर्छ। यो पक्ष त्यो पक्ष होइन। सञ्चारमाध्यममा कसको लगानी छ भन्ने छोडौँ देशको पक्षमा उभियौँ। निष्पक्ष छानबिन गर्न किन नहुने? उच्चस्तरीय छानबिन गराउँदा के हुन्छ?

टुप्पो छानबिन गरेर हुँदैन जरो पत्ता लगाउनुपर्‍यो। २३४ पटक कुनै गिरोहसँग वार्ता कसरी हुन्छ? यो फेयर छ? सोधपुछ नगर्ने यो फेयर छ यसरी पनि देश चल्छ यसरी पनि शासन चलाउने कुरा हो?

बाहिर स्टन्ट दिएको छ हाउभाउ दिएको छ प्रचार गरेको छ।

देश आज कहाँ जाँदैछ? कस्तो अवस्थामा जाँदैछ?

सुनिल शर्माको सर्टिफिकेटको बारेमा नजाँच भनेका छौँ? यति बेला जाँच्नु पर्‍यो? पढेर पास गर्‍यो कि चोरेर । जति बेला सुन प्रकरणको जरैसम्म छानबिन हुनुपर्छ गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्यो । २५ वर्षअघिको कुरा यतिबेला उजुरी हालेर जननिर्वाचित सांसदलाई गिरफ्तारी दिँदा सभामुखलाई जानकारी दिनुपर्दैन। एउटा को कार्यकर्तालाई उजुरी हाल्न लगायो। समात्यो। यसरी त कोही पनि बाँकी हुँदैन।

सांसदलाई त यसरी तर्साएको छ। सबै नेतालाई छानबिन गर्ने यो गर्ने तयो गर्ने भनेर हल्ला चलाइएको छ।

जो यस्ता गतिविधिमा संलग्न हुन्छ उनीहरूले ध्यान अन्त लैजाने काम गरेका छन्। हाम्रो पार्टी यसमा गम्भीर छ। नेपाली जनताले स्पष्ट जवाफ पाउनुपर्ने बेला छ।

गृहमन्त्रीले रोस्टममा जानु भनेको गलत हो। राजीनामा बाहेक केही हुँदैन। यस्तो असफलता छ। सुन भनेर ल्याएको ठाउँमा केही भेटिँदैन।
तार काट्ने, क्यामेराको मुन्टो अन्तै फर्काउने, कस्तो सरकार हो? देशको मान्छे केही छैन उनीहरूनै समूहबन्दी गर्ने कस्तो दुखद् हो यो?

संविधान भन्यो जम्यो बिरालाले माला जपेको जस्तो एउटा हातमा माला जपेको छ अर्को हातले झ्याप्प बिरालो समातेको छ।

कर्मचारीमाथि छानबिन छैन। निर्देशित कर्मचारीमाथि किन भएन। त्यसकारण नेपाल सरकारले स्वतन्त्र छानबिन गर्न नसकेको बुझ्न सकिँदैन?
अहिलेसम्म संसद्‌मा विधेयक आउने छलफल हुने पास हुने छैन। समिति बनेन सभापति बनेपछि छलफल छैन।

संसदीय समिति उहाँहरूकै हुनुपर्छ भनेर होला पोहोरै हेरेको हो हामीले। उहाँहरूले छानबिन गर्न पर्दैन, त्यो पनि पर्दैन भन्ने।

यो सबै ड्रामा हो केही पनि होइन भन्ने उहाँहरू हामी त्यही सुनेर बस्नुपर्ने? म आफैँ सांसद संसदको गरिमा राख्नुपर्ने थियो। तर अहिलेको सरकारले त्यो गरिमा राख्न सक्दैन। प्रतिपक्षलाई बोल्न दिँदैन। अनि तपाईंहरू भन्नुहुन्छ प्रतिपक्षले अवरोध गर्‍यो। यस्तो अर्थतन्त्र डामाडोल भएकोमा चिन्ता छैन। उसलाई सुन प्रकरणले एमालेले अवरोध गर्‍यो भनेको छ बसेको छ।

यो समस्याको समाधान गर्ने कालाबजारी, भ्रष्टतन्त्र निर्मूल गर्नुपर्छ कि पर्दैन?

३३ किलो सुन हाम्रो सरकार बन्नुअघि यताबाट आउने जाने भएको रहेछ। पछि छानबिन गरियो। सुन त पत्ता लगाउन सकियो। गायब पारिएछ। हामीले उनीहरूलाई कारबाही गरियो अहिले पनि जेलमा छन्। त्यसमा सरकारलाई चित्त नबुझे थप छानबिन गरोस्। त्यतिबेला हामीले कडाइका साथ छानबिन गर्‍या हो।

अहिले हामीले उठाएको प्रश्न। गठबन्धन टुटाएर सरकारमा जाने हल्ला फैलाइएको छ। सुन तस्करीको हल्ला चलाएर सरकारमा जाने हल्ला पनि छ। एमालेलाई सरकारको चिन्ता होइन। एमालेलाई चिन्ता देशको, जनताको हो। उद्योगधन्दा के भइरहेको छ भन्ने चिन्ता हो।

निर्माण व्यवसायी गिरफ्तारी भएका छन्। यो सरकारको कारणले भएको हो। निर्माणव्यवसाय ठप्प हुँदा धेरै कुराको कारोबार हुने कुरै भएन। सबै बन्द हुने भए। यसको असर विकास निर्माणमात्रै होइन। रोजगारी र अर्थतन्त्रमा कति असर पर्छ भन्ने ध्यान दिनुपर्दैन? वार्ता गर्नुपर्दैन?
उहाँहरूले पाउनुपर्ने रकम पाउनु भएको छैन। जतिबेला व्यवसायी अप्ठ्यारोमा पर्छन् त्यति बेला सरकारले सहयोग गर्नुपर्नेमा उल्टै ज्यादती गरेको छ।

म स्पष्ट गर्न चाहन्छु एमालेलाई अहिले सत्ता मोह छैन। त्यता हामीले हेर्नु पनि छैन। तर सरकारमा रहेकाले एमालेले हेरेको छैन भनेर जे पनि गर्ने त्यो हुँदैन।

सुनिल शर्माबारे किन बोल्नु भएको भनेको छ। हामीले छानबिन किन गरेको भनेको हो र? छानबिन गर। तर अदालतले त तुरुन्तै छोड भन्यो त। सुनिल शर्मा जत्तिको मान्छे हस्पिटल चलाइरहेको, व्यापार चलाइरहेको व्यक्तिलाई हतार हतार कारबाही गर्नुपर्ला? देश छोडेर भाग्ला?

हाम्रा पार्टीभित्र विवाद ल्याउने कोशिस गरेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सबैको सम्मानीत हुनुहुन्छ। उहाँसँग कुरा गरेको विषयलाई अनेक कुरा गर्ने? पार्टीमा उहाँलाई आउनुपर्‍यो भन्यो रे के रे उहाँ त हाम्रो पार्टीको पूर्वउपाध्यक्ष नै हो नि।

ओली नरहने हो भने पार्टी टुक्रा टुक्रा हुन्छ हल्ला गरेको छ। यस्तो पनि हुन्छ। पत्रकारहरूले पनि अलि गतिला कुरा टिप्नुस् न।

एमालेले चिसै पानीले नुहायो रे छोड्यो रे। मिल्छ? अरूले सहनु पर्दैन? अनि यो सुन प्रकरण त्यसै छोड्ने?

एयरपोर्टमा पेटी खोलाउँछ, चुरा खोलाउँछ। मेसिनले सबै जाँच्छ। कुनै चिज जान्छ त्यहाँबाट। ब्रेकसुमा सुन हाल्दा थाहा पाउँदैन भने किन राख्या मेसिन? के चिज हो भन्ने थाहा पाउँदैन? यसमा सरकारको संलग्नताबिना भन्सार छलि गर्ने, चोरी गर्नेलेमात्रै गरेको हो? पत्याउनुहुन्छ? जुन सुकै तहको हो सरकारको संलग्नताबाहेक यो सम्भव छैन।

जसरी सरकार अड्डी लिएको छ, अडान लिएको छ त्यसमा गठबन्धनकै सांसद पनि बोल्दा समाउने र थुन्ने गरेको छ। जाली मुद्दा लगाएको छ।

मासको दाल त्यसमा पनि फलामको कराइमा पकाएको कालो हुँदैन? कालो छ यसमा। यो आजको घटनाको कुरा मात्रै होइन। अहिले रोकिएको छ र सुन तस्करी? यही एकपटकमात्रै हो र सुन तस्करी भएको ? सय किलो सुनको काण्ड भनेर भुलाइदिएको छ। अन्त केके भएको छ। यति मजाले कारोबार भइरहेको बेला प्रतपक्षी छानबिन गर भन्छ भन्ने परेको छ। लाज पनि लाग्दैन। उल्टै प्रश्न गर्ने?
बानि परेपछि घीन लाग्दैन लाज लाग्दैन भन्ने कथा जस्तै भएको छ।

स्वच्छ पारदर्शी, हुनुपर्छ। जनताको समस्या हेर्नुपर्दैन, पीरमर्का हेरेको छैन। देशमा केही भएकै छैन जस्तो गरेको छ। देशको अर्थतन्त्र डरलाग्दो तरिकाले ओरालो लागेको छ।

अब केही महिनापछि केही गर्नै नसक्ने अवस्था आउँदैछ। भयावह स्थिति आउँदैछ। त्यसकारणले हामी गम्भीर हुनुपर्ने छ। यो महातस्करी काण्ड हो। एकैचोटी आएको छ। मुखतिर डढेलो लगाउने सिग्रेटमा पनि ल्याएको छ। खुट्टाले हान्ने ब्रेकसुमा पनि ल्याएको छ।

उल्टै यहाँ भ्रष्टाचारको विरोधको कुरा गर्न पाइन्छ? क्वीन्टल सुन ल्याउँदा पनि विरोध गर्न पाइन्छ भनिरहेका छन्।

प्रधानमन्त्री पनि यति अयोग्य, नालायक, भ्रष्ट सरकारको चाङमा उभिएर नेतृत्व गर्छु भन्ने? गृहमन्त्री नालायक भ्रष्टाचारी हो। राजीनामा नगरेर कसरी बस्न सकेको। आठौँ कि नवौँ आश्चर्य भन्नुपर्छ यसलाई। त्यसमा पनि गृहमन्त्रीले विल्कुलै पूरा नगरेको पाइन्छ। यस्तो हुँदा पनि राष्ट्रिय झण्डा गाडीमा हल्लाएर हिँडेको छ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे एमालेले गरेको पत्रकार सम्मेलनमा ओलीले अभिव्यक्त गरेको भनाइको सम्पादीत अंश।

प्रकाशित: २८ साउन २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =