राहत शिक्षकको माग पूरा गर्ने एकमात्र विकल्प आन्दोलन [सर्कुलरसहित]

हिमाल प्रेस २२ साउन २०८० २१:३६
972
SHARES
राहत शिक्षकको माग पूरा गर्ने एकमात्र विकल्प आन्दोलन [सर्कुलरसहित] फाइल तस्बिर।

काठमाडौँ- राहत शिक्षकका माग पूरा गर्न नेपाल राहत शिक्षक केन्द्रीय समितिले प्रदेश, जिल्ला र पालिकाका शिक्षकलाई आन्दोलनको तयारी गर्न सकुर्लर गरेको छ। समितिको शनिबार बसेको पूर्ण बैठकले माग पूरा गराउने एकमात्र विकल्प आन्दोलन रहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीका लागि सर्कुलर गरेको हो।

शनिबारको बैठकले राहत शिक्षकका माग सम्बोधन नभएकाले सडक आन्दोलनको रणनीति अपनाउने निर्णय गरेपछि सोमबार प्रदेश, जिल्ला र पालिकाका राहत शिक्षक संघर्ष समितिलाई सर्कुलर जारी गरेको हो।

सकुर्लरमा राहत शिक्षकका माग शिक्षा ऐनमा सम्बोधन गराउन सशक्त आन्दोलनको तयारी एवं रणनीति निर्माणको आवश्यकता भएको उल्लेख छ।

समितिले तत्कालीन शिक्षा सचिव रामप्रसाद सुवेदीले हस्ताक्षर गरेको संघीय शिक्षा ऐन २०८० को मस्यौदालाई आधार मानि ऐनको मस्यौदा अध्ययन गर्न विभिन्न समयमा भएका सम्झौतअनुसार माग सम्बोधन नभएका, ऐनको मस्यौदाबारे सरोकारवाला निकायहरूसँग औपचारिक छलफल नगरिएकोलगायत निष्कर्ष निकाल्दै आन्दोलनको विकल्प नरहेको उल्लेख गरेको छ।

प्रकाशित: २२ साउन २०८० २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =