परराष्ट्रमन्त्री साउदले भने : प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

हिमाल प्रेस २१ साउन २०८० १४:४६
8
SHARES
परराष्ट्रमन्त्री साउदले भने :  प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरको तेस्रो/चौथो सातामा हुने बताएका हुन्।

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भने, ‘हामी प्रधानमन्त्रीको भ्रमणको तयारीमा छौँ।’

उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको पनि बताए। वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको भारत भ्रमण सफल भएको उल्लेख गर्दै मन्त्री साउदले महत्वपूर्ण उपलब्धी हासिल भएको दाबी गरे।

अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा उनको भनाइ छ। रासस

प्रकाशित: २१ साउन २०८० १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 7 =