इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

हिमाल प्रेस २० साउन २०८० ६:५५
2
SHARE
इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

काठमाडौँ- इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय इलामले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो।

विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए।

उनले पहिलो चरणमा एक हजार थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको हो। जिल्लाबाट फारम भरी पेस भए पनि पहिलो चरणमा पाँच सय राष्ट्रिय परिचयपत्र तयार भएर जिल्लामा आएको उनले बताए। उनका अनुसार अरू अब क्रमशः आउनेछ।

यो परिचयपत्र लिन व्यक्ति स्वयम् आउनुपर्ने हुन्छ। प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफै आउनुपर्ने जनाएको छ।

कार्यालयमा एक हजार सात सय ७९ परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाइएको छ। जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएको परिचयपत्र वितरण गरिने प्रशासनले जनाएको छ।

प्रकाशित: २० साउन २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =