दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छः अध्यक्ष तिमिल्सिना

हिमाल प्रेस १७ साउन २०८० १८:४४
4
SHARES
दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले एक, दुई वर्षमै परिवर्तन हुनेगरी विधेयक बनाउनु नहुनेमा जोड दिए।

उनले सांसदहरूले आफ्नो अध्ययनको सीमा बढाउँदै र विषयवस्तुको गहिराइमा पुगेर मात्रै विधेयक बनाउनुपर्ने बताए। नीति, निर्माण गर्न आएका सांसदहरू त्यता केन्द्रित हुन नसकेका भन्दै उनले जनतालाई पनि आफ्नो भूमिकाप्रति जागृत गराउनुपर्ने उल्लेख गरे।

उनले संघीयतालाई कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै संघले अधिकारहरू आफूलाई मात्र राख्नु नहुने बताए। यसतर्फ सबैको खबरदारी आवश्यक रहेको उनको भनाइ छ। अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिलाई कामकाजी बनाउन नसक्ने हो भने हटाउनुपर्ने धारणा राखे। उनले जिल्ला समन्वय समितिको औचित्यमाथि बहस गर्नुपर्ने बताए।

अध्यक्ष तिमिल्सिनाले संघीय संरचनामा गएपछि जिल्लास्थित कार्यालयहरू कम हुने र पालिकामा जाने भनिए पनि अहिले जिल्लामा झनै धेरै कार्यालयहरू थुप्रिएका बताए। संघ, प्रदेश र स्थानीय तहकै आफूमातहतका कार्यालयहरू जिल्लामा थुप्रिएको उनले उल्लेख गरे।

प्रकाशित: १७ साउन २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =