भ्रष्टाचारीलाई कारबाही गर्न नेताहरूमै सहमति नजुट्दा समस्या : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

हिमाल प्रेस १९ फागुन २०७९ १६:०८
12
SHARES
भ्रष्टाचारीलाई कारबाही गर्न नेताहरूमै सहमति नजुट्दा समस्या : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले भ्रष्टाचार अन्त्य गर्न राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको बताएका छन्।

भ्रष्ट्राचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सांसद, राजनीतिक दलका नेताहरूले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने पनि उनको भनाइ छ।

०४६ सालयताका भ्रष्टहरूलाई छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्ने उनले बताए। राजनीतिक दलहरूले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमतिनै गरेर अघि बढनुपर्ने बताउँदै भ्रष्टहरूलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उनले उल्लेख गरे।

‘भ्रष्टाचार निमिट्यान्न पार्नका लागि एउटा एउटा राष्टिय सहमति आज आवश्यक छ। संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरू, पदाधिकारीहरू, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरूबीच एउटा राष्ट्रिय सहमति गरौं। त्यो सहमति भनेको भ्रष्टाचार नियन्त्रण्या गर्ने। भ्रष्टाचारलाई कारबाही गर्ने। कारबाही गर्नका लागि अहिले एउटा राष्ट्रिय सहमति बनाऔं,’ उनले भने, ‘नियुक्ति गर्दा होस्। जग्गाका कुरा होलान्। के होलान्। ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानबिन गरौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =