राप्रपाको केन्द्रीय कार्यालय काठमाडौँ महानगरले भत्काउने

हिमाल प्रेस १५ साउन २०८० ९:५७
8
SHARES
राप्रपाको केन्द्रीय कार्यालय काठमाडौँ महानगरले भत्काउने

काठमाडौँ– धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिकाले भत्काउने भएको छ।

नक्सा पास नगरी भवन निर्माण भएको र विद्युत् प्राधिकरणको हाइटेन्सन लाइन पनि भवनकै सिधामाथि रहेकाले प्राविधिक दृष्टिले भवन सुरक्षित नभएकाले महानगरले भत्काउन लागेको हो।

महानगरले शुक्रबार माइकिङ गर्दै कार्यालय खाली गराउन तीन दिन समय दिएको थियो। अल्टिमेटम सकिँदा पनि भवन खाली नगराइएको हुँदा सोमबार सबैलाई भेला पारेर भवन भत्काउन लागिएको महानगर प्रहरीले जनाएको छ।

सरोकारवाला सबैलाई १० बजे सो स्थानमा भेला गरी महानगर प्रहरी बलले भवन भत्काउने भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =