काठमाडौँको चन्द्रागिरीमा मारुती भ्यान दुर्घटना, २ जनाको मृत्यु

हिमाल प्रेस १२ साउन २०८० १५:३४
50
SHARES
काठमाडौँको चन्द्रागिरीमा मारुती भ्यान दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ– काठमाडौंको चन्द्रागिरी नगरपालिकामा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–४ पानीघाटमा मारुती भ्यान दुर्घटना भएको हो। ‍‍दुर्घटना हुँदै दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान दुर्घटनामा परेको। दुर्घटनामा ज्यान गुमाउनेमा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर र ४५ वर्षीय अनिल तामाङ छन्।

गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको प्रहरीले जनाएको छ।  गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेको छ।

 

प्रकाशित: १२ साउन २०८० १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =