आँबुखैरेनीमा एकापसमा ठोक्किए दुई माइक्रोबस

हिमाल प्रेस ८ साउन २०८० २१:४१
54
SHARES
आँबुखैरेनीमा एकापसमा ठोक्किए दुई माइक्रोबस मुग्लिन बजारको फेसबुक पेजको भिडियोबाट स्क्रिनसट लिइएको तस्बिर।

काठमाडौँ- मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पर्ने साँखर पुलनजिकै सोमबार दुई वटा गाडी ठोक्किएका छन्। साँझ ७ बजेर २० मिनेटमा भएको दुर्घटनामा ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले घाइते ३ जनाको आँबुखैरेनी र ८ जनाको भरतपुरमा उपचार भइरहेको बताए। एक जना गम्भीर घाइते छन्।

मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको बा २ ख ४०२० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ५१७९ नम्बरको माइक्रोबस ठोक्किएका हुन्।

प्रकाशित: ८ साउन २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =