एनसेलको नयाँ अफर सार्वजनिक

हिमाल प्रेस ६ साउन २०८० १८:१८
12
SHARES
एनसेलको नयाँ अफर सार्वजनिक

काठमाडौँ- निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक एनसेलले नयाँ अफर सार्वजनिक गरेको छ। शनिबार सार्वजनिक अफरअनुसार ग्राहकले कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक डेटा र एसएमएस सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले अन नेट र अफ नेट दुवै सेवा लिन सकिने दुई आकर्षक ‘कम्बो प्याक’ सञ्चालनमा ल्याएको बताएको छ। अफ नेट अर्थात एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्ने कम्पनीको भनाइ छ।

प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा करसहित ९९८ रुपैयाँमा लिन सक्नेछन्। ‘एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स ३ ह्यास’ डायल गरी प्याक लिन सकिनेछ।

त्यसैगरी अन नेट अर्थात एनसेलका नम्बरहरूमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकले थप सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा लिन सक्नेछन्। त्यसमै २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित ७९८ रुपैयाँमा लिन सकिने कम्पनीको भनाइ छ।

उक्त प्याक ‘एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स २ ह्यास’ डायल गरी लिन सकिनेछ। दुवै कम्बो प्याककाे अवधि २८ दिनकाे हुने कम्पनीले जानकारी दिएकाे छ।

प्रकाशित: ६ साउन २०८० १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =