प्रिन्सिपल प्रधानलाई अन्तर्राष्ट्रिय अवार्ड

हिमाल प्रेस ६ साउन २०८० ७:१६
286
SHARES
प्रिन्सिपल प्रधानलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ- ललितपुरको कुपन्डोलस्थित नाइटिंगेल इन्टरनेसनल सेकेन्डरी स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ। सिंगापुरमा हालै आयोजित एक कार्यक्रममा उनलाई ‘एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको हो।

महिलाको नेतृत्वमा सञ्चालित नाइटिंगेल उत्कृष्ट विद्यालयमा पर्न सफल भएकाले अवार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ। प्रधानले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन्।

उनले भनिन्, ‘मेरो एकल प्रयासले भन्दा पनि टिमको सामूहिक कार्यले विद्यालयले सफलता पाउँदै आएको छ। यस अवसरमा म मेरा सहकर्मी शिक्षकशिक्षिका, प्यारा विद्यार्थी र अभिभावकज्यूहरूप्रति विशेष आभारी छु।’ पटकपटक राष्ट्रिय पुरस्कारबाट सम्मानित हुँदै आएको नाइटिंगेल स्कुल निजी विद्यालयको उत्कृष्ट सूचीमा पर्दै आएको हो।

प्रकाशित: ६ साउन २०८० ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =