संघीयतामाथि प्रश्न उठ्न थाल्यो : सभामुख

हिमाल प्रेस ५ साउन २०८० २१:१६
संघीयतामाथि प्रश्न उठ्न थाल्यो : सभामुख फाइल तस्बिर।

काठमाडौँ- सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन्।

शुक्रबार संघीय संसद् सचिवालयले काठमाडौँमा आयोजना गरेको संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताका विषयमा प्रश्न उठ्न थालेको बताएका हुन्।

उनले संघीयता उचित भएन र संघीयताले जनताको आवश्यकता पूर्ति भएन भन्ने टीकाटिप्पणी हुन थालेको बताए। ‘अहिले विभिन्न क्षेत्रबाट हाम्रो संघीयता उचित थिएन कि? जनताका आवश्यकता पूर्ति भएनन् कि भन्ने खालका टीकाटिप्पणीहरू र संविधानको यो व्यवस्थामाथि छलफल हुनुपर्छ भन्ने मागहरू कताकति देखा पर्न थालिरहेको छ,’ उनले भने।

उनले संघ र प्रदेशसभाहरूले जनआंकाक्षाअनुरूपको ऐन, कानुन बनाउनुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्र जनताले चाहेको व्यवस्था भएको र यो राष्ट्रको हितमा छ भन्ने विषय तीनै तहको सरकारले स्थापित गराउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: ५ साउन २०८० २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =