पोखरीमा नुहाउन गएका दुई बालिकाको डुबेर मृत्यु

हिमाल प्रेस ५ साउन २०८० २१:०६
8
SHARES
पोखरीमा नुहाउन गएका दुई बालिकाको डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

दैलेख- जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। उनीहरूको शुक्रबार साँझ करिब ४ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी ५ वर्षीया छोरी सपना खप्तडी र सोही ठाउँकी लीला खप्तडीकी ८ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

शुक्रबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको चामुण्डा विन्द्रासैनी-३ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए।

दुवै बालिकाको दुल्लु अस्पतालमा शव परीक्षण गरिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ।

प्रकाशित: ५ साउन २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =