दूधकोशीमा पौडी खेल्दा दुईजनाको ज्यान गयो

हिमाल प्रेस २९ चैत २०८० ९:४४
12
SHARES
दूधकोशीमा पौडी खेल्दा दुईजनाको ज्यान गयो प्रतीकात्मक तस्बिर।

काठमाडौँ– भोजपुरको आमचौक गाउँपालिका–१० स्थित दूधकोशी नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार दिउँसो करिब १ बजेतिर दूधकोशी नदीमा पौडी खेल्ने क्रममा आमचोक–६ देवानटारका २० वर्षीय सुदीप दर्जी र १८ वर्षीय अजय राईको डुबेर मृत्यु भएको हो।

दर्जी ट्याक्सी चालक तथा राई सहचालक रहेको प्रहरीले जनाएको छ। दुवै शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

प्रकाशित: २९ चैत २०८० ९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =