सुन काण्डमा महराको नाम गलत मनसायले आयो : सञ्चारमन्त्री

हिमाल प्रेस ५ साउन २०८० १०:१५
8
SHARES
सुन काण्डमा महराको नाम गलत मनसायले आयो : सञ्चारमन्त्री

जनकपुरधाम- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनको पक्षमा दृढताकासाथ उभिएको बताएकी छन्।

शुक्रबार जनकपुर पुगेकी मन्त्री शर्माले सरकार सुशासनको पक्षमा र भ्रष्टचारविरुद्ध दृढतापूर्वक उभिएको बताएकी हुन्।

सरकारको काम कारबाहीमा जनताले साथ दिइरहेको भन्दै अझै साथ र समर्थनको अपेक्षा गरेको बताइन्। उनले सेवा प्रवाहमा समेत विगतको भन्दा सुधारको अवस्था आएको बताउँदै मूलकमा मसान्तवादको अवशेषको रूपमा रहेका मिटर ब्याजलाई समाप्त पार्न सरकारले कानुन अनुसार दण्डित गर्ने ऐन नै निर्माण गरेको बताइन्।

शर्माले केही असन्तुष्टिहरू भएपनि त्यसलाई बिस्तारै समाधान गरेर जाने बताइन्। कानुन विस्तारै संशोधन गर्दै जाने भएको कारणले मिटरब्याज सम्बन्धी कानुनमा देखिएको समस्यालाई संशोधनमार्फत हल गर्ने मन्त्री शर्माको भनाइ छ।

मन्त्री शर्माले सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत किसिमले आएको तर्क गरिन्।

उनले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताइन् । नागरिकता समस्या समाधान गरेको भन्दै उनले छिट्टै नागरिकता सम्बन्धी नियमावली निर्माण गर्ने दाबी गरिन् ।

प्रकाशित: ५ साउन २०८० १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =