नेपाल प्रहरीका १२० जना लेखापालको सरुवा

हिमाल प्रेस ४ साउन २०८० १९:४३
22.2k
SHARES
नेपाल प्रहरीका १२० जना लेखापालको सरुवा प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीले लेखापालहरूको सरुवा निकालेको छ। प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरका अनुसार १२० जना लेखापालको सरुवा निकालिएको हो।

‘सई १०० जना र असई २० जनाको सरुवा निक्लिएको छ,’ उनले हिमालप्रेससँग भने।

लेखापालको पदावधि ८ वर्षबाट घटाएर ६ वर्ष झार्ने निर्णय भएसँगै सरुवा पनि निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका तत्कालीन आईजीपी धीरजप्रताप सिंहले २०७९ असारमा लेखापालको ६ वर्षे पदावधिलाई बढाएर ८ वर्ष बनाएका थिए।

तर अहिलेका आईजीपी बसन्तबहादुर कुँवरले फेरि ६ वर्षमै झारेका हुन्। तालिम लिएर पनि लेखापाल बन्न नपाएकाहरूलाई पनि मौका दिनका लागि समय घटाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीभित्र लेखापालको दरबन्दी ५११ वटा युनिटमा छ।

नेपाल प्रहरीमा लेखापालको पदावधि : धीरजप्रताप सिंहले ८ वर्ष बनाए, बसन्त कुँवरले ६ वर्षमै झारिदिए

प्रकाशित: ४ साउन २०८० १९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =