नेपाल प्रहरीमा लेखापालको पदावधि : धीरजप्रताप सिंहले ८ वर्ष बनाए, बसन्त कुँवरले ६ वर्षमै झारिदिए

हिमाल प्रेस २ साउन २०८० १८:३९
1.5k
SHARES
नेपाल प्रहरीमा लेखापालको पदावधि : धीरजप्रताप सिंहले ८ वर्ष बनाए, बसन्त कुँवरले ६ वर्षमै झारिदिए

काठमाडौँ– नेपाल प्रहरीका लेखापालको ८ वर्षे पदावधि घटाएर ६ वर्षमा झार्ने निर्णय गरिएको छ। नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय नीति समन्वय समितिले हाल कायम रहेको ८ वर्षे पदावधिलाई घटाउने निर्णय गरेको हो।

नेपाल प्रहरीका तत्कालीन आईजीपी धिरजप्रताप सिंहले ०७९ असार २७ गते ६ वर्ष नै रहेको पदावधिलाई बढाएर ८ वर्ष बनाएका थिए। तर, अहिलेका आईजीपी बसन्तबहादुर कुँवरले भने पुन:६ वर्षमै झारिदिएका हुन्।

समितिको निर्णयअनुसार आईजीपी कुँवरले उक्त निर्णय कार्यान्वनका लागि मातहतका सबै तहमा सर्कुलर गरिसकेका छन्।

तालिम लिएर लेखापाल बन्न नपाएकाहरूलाई पनि अवसर दिनका लागि पदावधि ६ वर्षमै झारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘लेखाबारे तालिम लिएर बसेकाहरूले अवसर नै नपाउने अवस्था आएपछि फेरि ६ वर्षमै झारिएको हो,’ प्रहरी प्रवक्ता कुवेर कडायतले भने।

नेपाल प्रहरीभित्र लेखापालको दरबन्दी ५११ वटा युनिटमा छ। यो युनिटमा उच्चपदस्थहरूले आफूनिकटका व्यक्तिलाई लैजान प्रयास गर्छन्। त्यसो त गृहमन्त्रालयले पनि यसमा चासो देखाउँछ। यसपटक पनि लेखाको तालिम लिएर पनि जिम्मेबारी नपाएका अधिकृतहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष यसबारे ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: २ साउन २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 2 =