बोटका तीन नयाँ उत्पादन नेपाली बजारमा

हिमाल प्रेस ३१ असार २०८० २०:५५
18
SHARES
बोटका तीन नयाँ उत्पादन नेपाली बजारमा

काठमाडौँ- वायरलेस हियरेबल ब्राण्ड बोटका नयाँ उतपादन नेपाली बजारमा सार्वजनिक गरिएको छ। भारतको इम्याजिन मार्केटिङ कम्पनीअन्तर्गत उत्पादित स्मार्ट वाच, ब्लुटुथ स्पिकरलगायतका नयाँ वस्तु नेपाली बजारमा सार्वजनिक गरिएको हो। अनलाइन प्लेट फर्म दराजमार्फत उक्त सामानहरू खरिद गर्दा केही दिनका लाविग छुट दिइने कम्पनीले जानकारी दिएको छ।
बोटका लागि नेपालको आधिकारिक विक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामक ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्ट वाच नेपाली बजारमा सार्वजनिक गरेको हो। साउन १ देखि दराजलगायत रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

स्टोन १९०

ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरले आईपीएक्स ७ रेटिङ पाएको छ। बोक्नलाई कम्फर्ट र हलुका यो स्पिकरमा कम्पनीले ८०० एमएएच ब्याट्री समावेश गरेको छ। यसलाई फुल चार्ज गर्न डेढ घण्टा लाग्छ। एक पटकको चार्जमा चार घण्टासम्म म्युजिक बजाउन सकिने कम्पनीको दाबी छ।

स्पिकरलाई कन्ट्रोल गर्न विभिन्न तीन बटनहरू उपलब्ध गराइएको छ। जसमा दुई ओटा बटनले भोलुम अप डाउन र एउटाले म्युजिक प्ले पज गर्छ। ५ वाट रेटेड पावर भएको यो स्पिकरको मूल्य कम्पनीले २६९९ रुपैयाँ तोकेको छ।

स्टोर्म कल

कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट हो, स्टोर्म कल स्मार्टवाच। ब्लुटुथ कलिङ सुविधा भएको यस स्मार्टवाचमा आवश्यकताअनुसार यसैमा नम्बर डायल गरी कल गर्न सकिन्छ। त्यस्तै फोनमा आएका तथा सामाजिक सञ्जालका नोटिफिकेसन पनि वाचबाटै हेर्न सकिन्छ।

कल हिस्ट्रीमा १० ओटासम्म फोन नम्बर सेभ भएर बस्नेछन्। यो स्मार्ट वाचमा १.६९ इन्चको एचडी डिस्प्ले छ भने सो डिस्पले २.५डी कर्भ्ड छ। यसमा मल्टिपल एक्टिभ स्पोर्ट मोड रहेको छ। १५० बढी वाच फेस भएको यो स्मार्ट वाचको तौल ४५ ग्राम छ।

यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ। त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ। २२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्ट वाचलाई साढे दुई घण्टामा फुल चार्ज गर्न सकिन्छ। कम्पनीले स्टोर्म कलको मूल्य ४४९९ रुपैयाँ तोकेको छ।

वेभ बिट

बोटले नेपाली बजारमा वेभ बिट स्मार्ट वाच पनि सार्वजनिक गरेको छ । यो फिटनेस ट्रयाकर स्मार्ट वाच हो। यसमा १.६९ इन्चको एचडी डिस्प्ले रहेको छ। मल्टिपल एक्टिभ स्पोर्ट मोडअन्तर्गत कम्पनीले यसमा वाकिङ, रनिङ, साइकिलिङ, स्किपिङ, ब्याटमिन्टन तथा बास्केटबल मोड राखेको छ। वेभ बिटको मूल्य ३४९९ रुपैयाँतोकेको छ।

प्रकाशित: ३१ असार २०८० २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =