बोटको ब्लुटुथ कलिङ स्मार्टवाच नेपाली बजारमा

हिमाल प्रेस २४ माघ २०७९ १९:२३
10
SHARES
बोटको ब्लुटुथ कलिङ स्मार्टवाच नेपाली बजारमा

काठमाडौँ- भारतीय ब्रान्ड बोटले नेपाली बजारमा हियरेबल र वेरेबलका केही उत्पादन थप गरेको छ। कम्पनीले एक्सटेन्ड प्रो, बोट वेभ, इएरपडलगायत उत्पादन नेपालमा सार्वजनिक गरेको हो।

कम्पनीले बोट एक्सटेन्ड प्रो १.७८ इन्चको एमोलेड डिस्प्ले र १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ। एक्सटेन्ड प्रो ब्लुटुथ कलिङलाई इन-बिल्ट स्पिकर साथ आउँछ। यसमा डायल प्याडसमेत रहेको छ। यसमा सात सयभन्दा बढी मोड रहेको कम्पनीले जनाएको छ।

बोटको अर्को उत्पादन वेभ कलमा १.६९ इन्चको एचडी कर्भ डिस्प्ले छ। १० दिन सम्मको ब्याट्री ब्याकअप भएको यस स्मार्टवाचमा मुटुको धड्कन पनि ट्र्याक गर्न सकिन्छ। नेपाली बजारमा बोट एक्सटेन्ड प्रोको मूल्य ७ हजार ४९९ तोकिएको छ। बोट वेभको ४ हजार ९९९ रहेको छ भने इएरपडको मूल्य ५ हजार २९९ तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २४ माघ २०७९ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =