इक्यानको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भट्टराई

हिमाल प्रेस ३० असार २०८० २१:३४
6
SHARES
इक्यानको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भट्टराई

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन्। शनिबार सम्पन्न चुनावमा उनले २३८ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी विष्णुहरी पाण्डेले १४६ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु)ले २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटी १५३ मतसहित निर्वाचित भएका छन्। उपाध्यक्षमा निर्वाचित शिवाकोटी भट्टराई समूहकी हुन्। क्षेत्री र पौडेल पाण्डे समूहका हुन्।

महासचिवमा भट्टराई नेतृत्वको समूहबाट दीपकराज भुसाल निर्वाचित भएका छन्। उनले २५५ मत प्राप्त गर्दा पाण्डे समूहका वासुदेव दाहालले १५५ मत प्राप्त गरे। सचिवको दुवै पदमा भट्टराई समूहबाट निर्वाचित भएका छन्। भावनाथ हुमागाईँ २६०, रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भएका हुन्।

कोषाध्यक्षमा पनि भट्टराई समूहकै आशिक कार्की निर्वाचित भएका छन्। उनले २०८ मत प्राप्त गर्दा पाण्डे समूहका विनोदकुमार सुवेदीले २०१ मत प्राप्त गरे। सहकोषाध्यक्षमा विकल्पराज पौडेल २१६ मतसहित निर्वाचित हुँदा पाण्डे समूहका हेमराज सिग्देलले १८७ मत प्राप्त गरे।

त्यस्तै सदस्यहरूमा सुरज सिलवाल ३०१, साधना पुडासैनी २६६, उमा खड्का पाठक २४२, मञ्जित ढकाल २०९, गोविन्द खनाल २०२, आशिष रायमाझी १९८, एसपी भट्टराई १८५, विजयकुमार बस्नेत १८४ र श्रीराम गिरी १८४ मतसहित निर्वाचित भएका छन्।

प्रकाशित: ३० असार २०८० २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =