पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा विस्फोटमा परी १२ जनाको मृत्यु

हिमाल प्रेस २४ माघ २०८० १६:३७
10
SHARES
पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा विस्फोटमा परी १२ जनाको मृत्यु तस्बिर : बीबीसी

क्वेटा, पाकिस्तान- दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्।

क्वेटा सहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो।

क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने,‘१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानले मोटर साइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ।’

प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको संख्या पुष्टि गर्दै भने,‘यो विस्फोटमा १२ जनाको मृत्यु भएको छ र २५ भन्दा बढी घाइते भएका छन्।’

निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ।

सन् २०१८ को चुनावपछि बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार वर्षपछि अविश्वासको प्रस्तावमार्फत सत्ताबाट पदच्युत गरिएको थियो। स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेदेखि साँझ ५ बजे मतदान हुनेछ। रासस/एएफपी 

प्रकाशित: २४ माघ २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 5 =