राजनीतिक दलको चुनावी घोषणापत्रमा आर्थिक दूरदर्शिताको अभाव : कार्यवाहक प्रधानमन्त्री काकर

हिमाल प्रेस १६ माघ २०८० १६:३५
8
SHARES
राजनीतिक दलको चुनावी घोषणापत्रमा आर्थिक दूरदर्शिताको अभाव : कार्यवाहक प्रधानमन्त्री काकर

इस्लामाबाद- पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अन्वर उल हक काकरले आम चुनावका लागि राजनीतिक दलहरूले जारी गरेको घोषणापत्रमा असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार राजनीतिक पार्टीले आफ्ना घोषणापत्रमार्फत अर्थतन्त्रको लागि उच्च तथा दिगो योजना प्रस्तुत नगरेको उनले बताएका हुन्।

प्रधानमन्त्री काकरले आम चुनावमा भइरहेको ढिलाइलाई औचित्य प्रमाणित गर्ने कुनै कारण नभएको बताएका छन्। उनले एक अन्तर्वार्तामा राजनीतिक दलका उम्मेदवारहरूले प्रचार गरिरहेको तथा आम चुनावमा ढिलाइका बारेमा फैलिएका अफवाहहरू फेब्रुअरी ८ काे साँझ समाप्त हुने बताए।

काकरले दलहरूले अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिँदै कुनै पनि राजनीतिक पार्टीले दीर्घकालीन आर्थिक समस्याहरू समाधान गर्न प्रभावकारी एजेन्डा नल्याएको बताए।

रोजगार, आश्रय, सुलभ बिजुली, खाद्य सुरक्षालगायतका विषयमा राजनीतिक दलहरूले आफ्नो अभियानमा गरेका दाबीहरू स्थिर अर्थतन्त्रमा आकस्मिक रहेको उनको धारणा छ। उनका अनुसार राजनीतिक दलहरूले राजस्व उत्पादन र करको क्षेत्र विस्तार गर्ने योजना बनाउनु आवश्यक रहेको छ।

स्क्यान्डिनेभियाली देशहरूमा ९१ प्रतिशत कर जीडीपी अनुपातको उदाहरण दिँदै पाकिस्तानी करको जीडिपीमा अनुदान अनुपात ९ प्रतिशत मात्र रहेको काकरको दाबी छ। निर्वाचन अघि वा पछि भएको धाँधलीका बारेमा उनले संसद्ले विगतबाट पाठ सिकी निर्वाचनसम्बन्धी कानुनमा भएका त्रुटिहरूलाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

मतदान फेब्रुअरी ८ मा ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। सबैले मतदान गरी आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह छ। पाकिस्तानले संघीय मन्त्रीहरू तथा सरकारी अधिकारीहरूलाई चुनाव नभएसम्म विदेश यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

प्रकाशित: १६ माघ २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =