सिद्धबाबाको दान रकममा हिनामिना

हिमाल प्रेस ३० असार २०८० १९:४०
18
SHARES
सिद्धबाबाको दान रकममा हिनामिना

लुम्बिनी- रुपन्देही र पाल्पाको सीमामा अवस्थित सिद्धबाबाधाममा बदमासी भएको पाइएको छ। मन्दिर सञ्चालक र कर्मचारीले मनोमानी गरी आम्दानी लुकाउने गरेको तथ्य बाहिरिएको हो।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ चिडियाखोला नजिक रहेको सिद्धबाबामा भक्तजनले दिएको दानमा खुलेआम हिनामिना भएको प्रमाण सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमा श्रद्धालु भक्तजनले दिएको रकमको अर्धकट्टीमा अधा रकम घटाएर मात्र मन्दिरमा दाखिला हुने गरेको प्रमाण सार्वजनिक भएको छ। यसले मन्दिर व्यवस्थापन समितिले अनियमितता गरेको पुष्टि भएको हो।

आन्तरिक लडाइँका कारण नयाँ व्यवस्थापन बन्न नसकेको मन्दिरमा लामो समयदेखि मन्दिर सञ्चालक समिति अध्यक्ष रहँदै आएका कृष्णप्रसाद तिमिल्सिनाकै मिलेमतोमा वर्षौँँदेखि दान रकममा हिनामिना हुने गरेको आरोप लाग्दै आएको थियो। यो बदमासी बाहिरिएपछि सञ्चालकहरुका बीच आरोपप्रत्यारोप चलेको छ।

अध्यक्ष तिमिल्सिनाले कर्मचारीबाट यस्तो गलत काम भएको भेटिएको पुष्टि भएपछि मन्दिरका पुजारी भुवन ज्ञवाली, उनका छोरा विकास ज्ञवाली र कर्मचारी तारा जीसीलाई कारबाही गरिएको प्रस्टीकरण दिएका छन्। ‘गल्ती भेटिएपछि उनीहरूलाई कारबाही गरिसकेको छौँ। रसिदको जिम्मेवारी उनीहरूलाई नै हुन्छ। यो घटनाले अब सचेत गराएको छ’, उनले भने।

बुटवल–३ का वडाध्यक्ष विष्णुप्रसाद ढकालले कर्मचारीको मिलेमतोमा भएको गलत कामबारे सचेत गराएको र सोहीअनुसार समितिले कारबाही गरेको जानकारी वडालाई आएको बताए।

प्रकाशित: ३० असार २०८० १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =