अर्थमन्त्रीलाई भारत र परराष्ट्रमन्त्रीलाई थाइल्यान्ड जान मन्त्रिपरिषद्काे स्वीकृति

हिमाल प्रेस २८ असार २०८० १८:३९
28
SHARES
अर्थमन्त्रीलाई भारत र परराष्ट्रमन्त्रीलाई थाइल्यान्ड जान मन्त्रिपरिषद्काे स्वीकृति

काठमाडाैँ- सरकारले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भारत र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई थाइल्यान्ड जान स्वीकृति दिएकाे छ। मंगलबार बसेकाे मन्त्रिपरिषद्‍काे बैठकले महतलाई भारत र साउदलाई थाइल्यान्ड जान स्वीकृति दिने निर्णय गरेकाे हाे।

मन्त्री महत भारतको गुजरातमा हुन लागेकाे विकसित र विकासशील मुलुकहरूको समूह (जी २०) को अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन भारत जानेछन्।

सरकारकी प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार बसेकाे मन्त्रिपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिइन्।

त्यस्तै थाइल्यान्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्रमन्त्रीहरूको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा प्रतिनिधिमण्डललाई थाइल्यान्ड जान स्वीकृति दिने निर्णय गरिएकाे पनि मन्त्री शर्माले जानकारी दिइन्।

उनका अनुसार मंगलबारकाे मन्त्रिपरिषद्‍ बैठकले बझाङकाे चैनपुरमा रहेकाे चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत्‌गृहमा रहने संरचना निर्माणका लागि तलकोट गाउँपालिका वडा नं २ र ३ स्थित करिब सात हजार तीन सय १९ वर्गमिटर जग्गा प्राप्ति गर्न विद्दुत्‌ प्राधिकरणलाई स्वीकृति दिने निर्णय पनि गरेकाे छ।

त्यस्तै काभ्रेकाे बनेपास्थित बाहुनडाँडा सामुदायिक वनकाे २.५०८५ हेक्टर जग्गा अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाका लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरिएकाे छ।

प्रकाशित: २८ असार २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =