परिषद्ले बोलायो पाँचौं पूर्ण बैठक, यी हुन् छलफलका विषय

हिमाल प्रेस १९ चैत २०८० १७:२२
5.1k
SHARES
परिषद्ले बोलायो पाँचौं पूर्ण बैठक, यी हुन् छलफलका विषय

काठमाडाैँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आगामी शनिबार पाँचौं पूर्ण बैठक बोलाएको छ।

अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले नेपाल शिक्षक महासंघमा प्रतिनिधित्व गर्ने राष्ट्रिय समितिका पदाधिकारी एवं सदस्यसहितलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन्।

बैठक अनामनगरमा (सिंहदरबारको पूर्वी गेट नजिकै) बोलाइएको उनीहरूले बताएका छन्।

बैठकमा सरकारले निर्माण गरिरहेको बजेट र नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनका विषयमा छलफल हुने अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए।

परिषद्ले यो बैठक अत्यन्तै महत्त्वपूर्ण रहेको जनाउँदै अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।

प्रकाशित: १९ चैत २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =