सीता दाहालको निधनका कारण राष्ट्रियसभा बैठक स्थगित

हिमाल प्रेस २७ असार २०८० ९:५९ | Wednesday, July 12, 2023
सीता दाहालको निधनका कारण राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ- राष्ट्रियसभा बैठक स्थगित भएको छ। आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो।

राष्ट्रियसभा सचिवालयले विशेष कारणले स्थगित भएको सूचनामा जारी गरेको छ।

यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेकाले स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ। आज बिहान ८:३० मा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको हो।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर १ मिनेटमा बस्ने छ।

प्रकाशित: २७ असार २०८० ९:५९ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast