संसद् चलाउने प्रयास

गठबन्धनको निर्णयलगत्तै प्रचण्ड-देउवा-ओली छलफलमा

हिमाल प्रेस २४ असार २०८० १२:४५
6
SHARES
गठबन्धनको निर्णयलगत्तै प्रचण्ड-देउवा-ओली छलफलमा प्रधानमन्त्री एवम् माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' (बीचमा) सँग कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा (बायाँ) र एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ– संसद् बैठक सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

संसद् अवरोध गर्दै आएको एमालेसँग संसद् बैठक सञ्चालन हुने वातावरण बनाउनका लागि सत्तागठबन्धनका नेताहरूले छलफल गरेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा नेतात्रयबीच सकारात्मक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेपालको प्रधानमन्त्री बन्न नयाँ दिल्लीको हात हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि एमालेले संसद्‍मा निरन्तर अवरोध गर्दै आएको छ।

प्रचण्डले असंवैधानिक र गैरराजनीतिक अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्रीबाट उनको राजीनामाको माग गर्दै आएको छ। प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिएसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाका कुनै बैठक चल्न नदिने एमालेको अडान छ।

यसैबीच आजको बैठक पनि अवरुद्ध पार्ने योजनामा रहेको एमालेसँग सत्तारूढ दलहरूले छलफल गरेका हुन्।

यो पनि:

संसद् बैठक सञ्‍चालनका लागि एमालेसँग संवाद गर्ने सत्तागठबन्धनको निर्णय

प्रकाशित: २४ असार २०८० १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =