संसद्को अवरोध हटाउन मुख्य दलका शीर्ष नेता पुनः छलफलमा

हिमाल प्रेस २२ साउन २०८० १६:२८
64
SHARES
संसद्को अवरोध हटाउन मुख्य दलका शीर्ष नेता पुनः छलफलमा

काठमाडौँ- साउन १० गतेदेखिको संघीय संसद्को अवरोध हटाउन मुख्य दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन्। मध्यान्ह १२ बजे भएको छलफलमा सहमति जुटन नसकेपछि पुनः बस्नेगरी छलफल सकिएको थियो।

अहिले फेरि सभामुख देपवराज घिमिरेको पहलमा नयाँ वानेश्वरस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन दलका प्रमुख सचेतक तथा सचेतक सहभागी छन्।

साउन १० यता नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आएको छ।

प्रकाशित: २२ साउन २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =