यस्तो छ फिल्म ‘गणपति’को गीत ‘टुकी झ्याप’

हिमाल प्रेस २४ असार २०८० १३:०३
14
SHARES
यस्तो छ फिल्म ‘गणपति’को गीत ‘टुकी झ्याप’

काठमाडौँ– भदौ १४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘गणपति’को ‘टुकी झ्याप’ गीत सार्वजनिक गरिएको छ।

गीतमा निशान भट्टराई, अनिश अधिकारी र रचना रिमालको स्वर छ। अनिस अधिकारीकै शब्द र संगीत रहेको गीतलाई बाबुल गिरीले संगीत संयोजन गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मुकुन भुषाल र वर्षा सिवाकोटीलाई देख्न सकिन्छ।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मुकुनसहित मेनुका प्रधान, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु महर्जन, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायतको अभिनय छ।

सविन अधिकारीले निर्देशन गरेको फिल्मको पटकथा र संवाद पनि सविनकै छ। फिल्म हरि घले लामाको छायांकन र विपीन मल्लको सम्पादनमा बनेको छ।

फिल्मका निर्माता लक्ष्मण रिजाल हुन्। फिल्म रिजाल एन्ड रिजाल प्रोडक्सन र श्री राम बलामी फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको छ।

प्रकाशित: २४ असार २०८० १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =