विदेशमा ‘गणपति’

हिमाल प्रेस १ भदौ २०८० १२:३४
38
SHARES
विदेशमा ‘गणपति’

काठमाडौँ- फिल्म ‘गणपति’ नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन हुने भएको छ। सेभेन सिज इन्टरटेन्मेन्टले यो फिल्म विदेशमा प्रदर्शन गर्न लागेको हो।

सेभेन सिज र रिजाल एण्ड रिजाल प्रोडक्शनबीच सम्झौता भएपछि फिल्मले अन्तर्राष्ट्रिय बजार पाएको छ।

नेपालमा भदौ १४ गतेदेखि प्रदर्शन हुने फिल्म क्यानडा, अमेरिका र बेलायत (यूके)मा सेक्टेम्बर १ अर्थात् भदौ १५ देखि प्रदर्शन गरिने बताइएको छ। त्यस्तै मध्य पूर्वका देश, न्यूजिल्याण्ड र अष्ट्रेलियाका हलमा १५ सेप्टेम्बरमा प्रदर्शन हुनेछ।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु महर्जन, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायतको अभिनय छ।

निर्माण टिमले फिल्मको टिजर, ट्रेलर र तीन गीत सार्वजनिक गरिसकका छन्। सविन अधिकारीले निर्देशन गरेको फिल्मको पटकथा र संवाद पनि सविनकै छ। फिल्म हरि घले लामाको छायांकन र विपीन मल्लको सम्पादनमा बनेको छ।

फिल्ममा समावेश गरिएको गीतमा अनिश अधिकारी, शंकर अधिकारी घायल, देबेन्द्र बब्लु, बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ।

फिल्मका निर्माता लक्ष्मण रिजाल हुन्। फिल्म रिजाल एन्ड रिजाल प्रोडक्सन र श्री राम बलामी फिल्म्स् प्रालिको ब्यानरमा निर्माण गरिएको छ।

प्रकाशित: १ भदौ २०८० १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =