‘ऐंचो पैंचो’ र ‘गणपति’ प्रदर्शनमा

हिमाल प्रेस १४ भदौ २०८० १२:१२
2
SHARE
‘ऐंचो पैंचो’ र ‘गणपति’ प्रदर्शनमा

काठमाडौँ- आज (बिहीबार)देखि हलहरूमा दुई फिल्म प्रदर्शनमा आएका छन्, ‘ऐंचो पैंचो’ र ‘गणपति’। ‘ऐंचो पैंचो’ सामाजिक र राजनीति विषयवस्तुमा आधारित छ। फिल्म कृषा चौलागाईंले निर्देशन गरेकी हुन्।

फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, विशाल पहारी, कोशिस क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ, रमेश बुढाथोकी, रविन्द्र झा, शारदा गिरीलगायत चर्चित कलाकारको अभिनय छ।

पुरुषोत्तम प्रधानको छायांकन, विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादनमा बनेको फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन्।

फिल्म क्यूएफएक्स, वान सिनेमाज, रञ्जना सिनेप्लेक्स, आइएनआई सिनेमाज, एफक्यूब सिनेमाज, सिके सिनेमाज, बिएसआर, बिग मुभिज, क्युज सिनेमाजलगायतका हलमा फिल्मको सो छ।

त्यस्तै सविन अधिकारी निर्देशित फिल्म ‘गणपति’ सामाजिक विषयवस्तुमा आधारित छ। भगवान मानव रूपमा जन्मिदा भोग्नुपरेको संर्घषको कथा फिल्ममा प्रस्तुत गरिएको छ।

मुकुन भुसाल मुख्य भूमिकामा रहको फिल्ममा मेनुका प्रधान, प्रकाश घिमिरे, राजाराम पौडेल, स्व. जयनन्द लामा, पुष्कर गुरुङ, अंशु मानन्धर, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ।

फिल्मका निर्माता लक्ष्मण रिजाल हुन्। यो फिल्म क्यूएफएक्स सिनेमाज, वान सिनेमाज, एफक्युब, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्सलगायत हलमा फिल्मको सो छ।

प्रकाशित: १४ भदौ २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =