सहरमा आज : हलमा सात फिल्म, आकर्षण साहित्य महोत्सवमा

सुस्मिता बजगाईं १६ भदौ २०८० ६:०२
10
SHARES
सहरमा आज : हलमा सात फिल्म, आकर्षण साहित्य महोत्सवमा

काठमाडौँ- वर्षा ऋतु सकिन अब दुई साता बाँकी छ। नागपञ्चमी मनाएको दुई साता भइसक्यो। नेपालका कतिपय ठाउँमा नागपञ्चमीदेखि हिउँद लाग्छ भन्ने विश्वास छ। सहरी क्षेत्रमा सुरु भएका मेला महोत्सवले पनि अब हिउँद लागेको र चाडबाडको याम सुरु भएको संकेत देखिन थालेका छन्।

राजधानीको भृकुटीमण्डमा शनिबार हुने सांस्कृतिक महोत्सव र ललितपुरस्थित होटल हिमालयमा जारी काठमाडौँ-कलिङ साहित्य महोत्सव यसका उदाहरण हुन्। साथै भृकुटीमण्डपमै विद्युतीय उपकरणको मेला लागेको छ। शुक्रबार सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुनेछ। मनोरञ्जनका पारखीहरूका लागि हलमा ३ नेपाली र ४ हिन्दी फिल्म गरी सात फिल्म प्रदर्शन भइरहेका छन्।

काठमाडौँ-कलिङ साहित्य महोत्सव

ललितपुरस्थित होटल हिमालयमा काठमाडौँ-कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण चलिरहेको छ। शुक्रबार सुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ। मेलामा नेपाल, भारत, बंगलादेश, श्रीलंकालगायतका प्रतिष्ठित साहित्यकारहरुको जमघट छ। महोत्सवमा कविता, गजलवाचन, साहित्यसँग सम्बन्धित सामाजिक, राजनीतिक, अर्थतन्त्र, कूटनीति, फिल्मलगायत विषयमा थुप्रै सेसनमा छलफल हुनेछ। यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव भारतको संयुक्त आयोजनामा महोत्सव गरिएको हो।

भृकुटीमण्डपमा सांस्कृतिक महोत्सव

भृकुटीमण्डपमा शनिबार सांस्कृतिक महोत्सव हुँदैछ। बिहान ११ बजेदेखि सुरु हुने महोत्सव बेलुकासम्म हुनेछ। स्वीकृति इभेन्ट प्रालिको आयोजनामा हुने जनचेतनामूलक महोत्सव दर्शकले निःशुल्क हेर्न पाउनेछन्।

महोत्सवमा लागूऔषध दुव्र्यसन, सर्ने-नसर्ने रोगहरू, सामाजिक सञ्जालको दुरुपयोग, भ्रष्टाचार, सडक सुरक्षा, सूर्तिजन्य पदार्थले निम्त्याउने असर, लैङ्गिक हिंसा, सुरक्षित वैदेशिक रोजगार लगायतका विषयमा आधारित विभिन्न चेतनामूलक प्रस्तुति रहनेछ। साथै सडक नाटक, झाँकी, दोहोरी लगायत निःशुल्क आँखा र दन्त शिविर र ब्लड डोनेसनसमेत हुनेछ।

गीतसंगीतका माध्यमबाट आममानिसलाई चेतना जगाउने उद्देश्यले महोत्सव गरिएको हो। आयोजकका अध्यक्ष एवं महोत्सवका संयोजक गायक नवीन पौडेल हुन्। महोत्सवमा करिब ३ सय जना कलाकार उपस्थित हुनेछन्।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपालीमा ‘ऐंचो पैंचो’, ‘गणपति’, ‘जय हो’ प्रदर्शन भइरहेको छ। बलिउडमा ‘ड्रिम गर्ल २’ ‘गदर २’, ‘ओएमजी २’ र ‘रक्की और रानीकी प्रेम कहानी’ प्रदर्शनरत छन्।

गणपति

भदौ १४ देखि फिल्म ‘गणपति’ प्रदर्शन भइरहेको छ। सबिन अधिकारी निर्देशित फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरे, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु मानन्धर, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायतको अभिनय छ। फिल्मका निर्माता लक्ष्मण रिजाल हुन्।

उपत्यकाका क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल, छाया सेन्टर, दरबार सिनेमाक्समा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्युज सिनेमाज, सीडीसी सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘गणपति’ चलिरहेको छ।

ऐंचो पैंचो

फिल्म ‘ऐंचो पैंचो’ भदौ १४ देखि हलमा प्रदर्शन भइरहेको छ। सामाजिक र राजनीति विषयवस्तुमा आधारित फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, विशाल पहारी, कोसिस क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ, रमेश बुढाथोकी, रवीन्द्र झा, शारदा गिरीलगायत कलाकारको अभिनय छ।

कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन्। क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, एफक्युब सिनेमाज, सीडीसी सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘ऐंचो पैंचो’ प्रदर्शन भइरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्युज सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘ऐंचो पैंचो’ चलिरहेका अन्य हल हुन्।

जय हो

फिल्म ‘जय हो’ भदौ ७ गतेदेखि प्रदर्शन भइरहेको छ। फिल्म कलाकार केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको त्रिकोणात्मक प्रेमकथामा आधारित छ। फिल्ममा अन्य कलाकार निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतको अभिनय छ।

फिल्मका निर्देशक टेक पौरशी राई हुन्। शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म सुरेश न्यौपानेको कथा छ। राज के अधिकारी र सुरज सरकारले लगानी गरेको फिल्म सौरभ लामाको छायांकन, बनिष शाहको सम्पादन, सम्राट् बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र सागर आलेमगरको संगीतमा बनेको छ।

शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, बीएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स र अष्टनारायण हलमा फिल्मको सो छ।

ड्रिम गर्ल २

बलिउड फिल्म ‘ड्रिम गर्ल २’ नेपालमा प्रदर्शन भइरहेको छ। भदौ ८ गतेदेखि प्रदर्शन भएको फिल्म कमेडी ड्रामा र रोमान्स जनरामा बनेको छ। राज शान्डिल्य निर्देशित फिल्म परेश रावल, आयुष्मान खुराना, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुरमा लबिम मल, सिभिल मल, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, क्युज सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा बलिउड फिल्म ‘ड्रिम गर्ल २’ प्रदर्शन भइरहेको छ।

गदर २

बलिउड ‘फिल्म ‘गदर २’ साउन २६ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता सन्नी देओल र अभिनेत्री अमिषा पटेल मुख्य भूमिकामा छन्। अनिल शर्मा निर्देशित फिल्ममा भारतीय र पाकिस्तान सेनाबीचको विवाद देखाइएको छ। ड्रामा जनरामा बनेको फिल्ममा मनिष वाधवा, गौरव चोपडा, लव सिन्हालगायत कलाकार छन्। सन २००१ मा आएको फिल्म ‘गदरः एक प्रेम कथा’को दोस्रो भाग हो।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज, क्यूज सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज र बीएसआर मुभिज बलिउड फिल्म ‘गदर २’ प्रदर्शन भइरहेको अन्य हल हुन्।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्समा बलिउड ‘फिल्म ‘गदर २’ चलिरहेको छ।

ओएमजी २

बलिउड फिल्म ‘ओएमजी २’ नेपालमा साउन २६ गतेदेखि प्रदर्शन भइरहेको छ। भगवान शिवको दूत बनेका अभिनेता अक्षय कुमारसहित फिल्ममा यामी गौतम, पंकज त्रिपाठी, अरुन गोविललगायत कलाकारको अभिनय छ। ‘ओएमजी २’ सन २०१२ मा प्रदर्शन भएको ‘ओ माई गड’को दोस्रो भाग हो। पहिलो भागमा अक्षयले भगवान् कृष्णको भूमिकामा थिए।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको सो छ।  वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, क्यूज सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा बलिउड फिल्म ‘ओएमजी २’ चलिरहेको छ।

रक्की और रानीकी प्रेम कहानी

बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ नेपालमा प्रदर्शन भइरहेको छ। साउन १२ गतेदेखि प्रदर्शन जारी फिल्म कमेडी, ड्रामा जनरमा बनेको छ। किरण जोहरले निर्देशन गरेको फिल्ममा धर्मेन्द्र, रणवीर सिंह, आलिया भट्टलगायत कलाकारले अभिनय गरेका छन्।

क्यूएफएक्स सिनेमाअन्तर्गत शनिबार भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ प्रदर्शनरत छ।

प्रकाशित: १६ भदौ २०८० ६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =