प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

हिमाल प्रेस २३ असार २०८० १९:१५
12
SHARES
प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

काठमाडौँ- सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौकासमेत नदिई प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गरेको टिप्पणी गरेका छन्।

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरणको मौकासमेत नदिएर राजीनामा मागेर गल्ती गरेको बताएका हुन्।

यसबाट एमाले फसेको उनको भनाइ थियो। सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत पाण्डेले बताए। एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

प्रकाशित: २३ असार २०८० १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =